देशको आर्थिक समृद्धि र राजनीतिक सफल नेतृत्वको हिम्मत गर्ने युवा खोइ ?

बीपी कोइराला ३३ वर्षकै उमेरमा कांग्रेस सभापति हुनु भयो अनि २०१६ सालमा पहिलो जननिर्वाचित सरकारको प्रधानमन्त्री बन्दा बीपी ४५ वर्षका मात्र थिए।
मदन भण्डारी ३७ वर्षकै उमेरमा एमाले महासचिव बने। नेपाली राजनीतिका ‘युग पुरुष’ बीपी र मदनले युवा उमेरमै पार्टी हाँके। राजनीति र समाजलाई नयाँ गोरेटोमा डोर्‍याउने सिद्धान्त, विचार र कार्यक्रमको रचना गरे। बीपीले प्रजातान्त्रिक समाजवादको प्रतिपादन गरे। मदनले जनताको बहुदलीय जनवाद (जबज) को बाटोमा कम्युनिष्ट आन्दोलन र समाजलाई डोर्‍याए। तर, आज नीति निर्माण तहमा युवाको उपस्थिति नारामै सीमित छ। ठूला पार्टीको मूल नेतृत्व ७० वर्षको वरिपरि छ। युवा र नेतृत्वको वकालत गर्ने दोस्रो पुस्ताले पनि ४० वर्ष उमेर पार गरिसकेको छ।
राष्ट्र विकास र नीति निर्माण तहमा युवाको जबर्जस्त उपस्थिति र हस्तक्षेपबारेको बहस पुरानै हो। राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको युवाको नीति र राष्ट्र निर्माणमा सहभागिता भने सन्तोषजनक छैन। जनक्रान्तिको बलमा बनेको संविधानले युवाको सहभागिता, उपस्थिति र महत्वबारे संवैधानिक व्यवस्था नै गर्‍यो। तर, व्यवहारमा ठीक उल्टो छ। संविधान जारी भएपछि तीनवटै तहमा युवा नेतृत्व अपेक्षाकृत स्थापित हुन सकेन। ‘युवालाई क्रान्ति र आन्दोलनमा मात्र उपयोग गर्ने कुसंस्कारले राष्ट्र निर्माणमा युवाहरूको भूमिका कमजोर बन्दै गएको छ।’
राष्ट्रिय युवा परिषद् ऐनले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा उमेर निर्धारण गरेको छ। सबै नीतिको मूल नीति राजनीति मानिन्छ। तर राजनीतिक नेतृत्व एवं नीतिनिर्माण तहमा भने ७० वर्ष उमेर समूहकै कब्जा छ। राजनीतिमा प्रवेश गराउने र चुनावमा टिकट दिने बेलामा पार्टीका शीर्ष नेताहरू युवाप्रति अनुदार हुने गरेका छन्।
कि त अझै फेरि अर्को बिपि कोइराला र जननेता मदन भण्डारी भएरै जन्मिनु पर्छ हार्म्रो देश नेपालमा । युवाहरुले पनि आट र अब नेतृत्वदायीका लागि तयार हुनु पर्छ ।
# अन्तर्राष्ट्रिय युवा दिवसको सबैमा हार्दिक शुभकामना छ ।
सबै युवाहरुमा समयमै सदबुद्दी पलाओस् ।
लेखक : छवि राज जोशी  (धनगढी कैलाली )

Facebook Comments
Down to post ads-480-38

Comments are closed.