त्रिभुवनबस्ती प्रहरीद्वारा डेढ क्विन्टल ब्रोईलर बरामद

हरिलाल जोशी
पुनर्वास – ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती प्रहरीले डेढ क्विन्टल ब्रोईलर कुखुरा नियन्त्रणमा लिएको छ ।
शनिबार बिहान साढे पाँच बजेको समयमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट सिभिलमा खटिएका प्रहरी निरीक्षक नरेशराज मल्ल र अस्थायी प्रहरी पोष्ट आईबीआरडीको संयुक्त प्रहरी टोलीले पुनर्वास-६ स्थित भारतीय सीमा नजिकैबाट डेढ क्विन्टल अवैध ब्रोईलर कुखुरा नियन्त्रणमा लिएको हो ।
भारतीय नम्बरको मोटरसाइकल युपी ३१ एपी ४४२९ नम्बरको मोटरसाइकलमा भारतीय बजारबाट ल्याउदै गरेको अवस्थामा नियन्त्रण गरेको करिब साढे सैत्तिस हजार नेपाली मूल्य बराबरको ब्रोईलर कुखुरा जनप्रतिनिधि, व्यवसायी र पत्रकारको रहोवरमा नष्ट गरिएको थियो ।
दैनिक भारतीय बजारहरुबाट किराना, हार्डवेयर, फलफूल/तरकारी, ईलेक्ट्रोनिक्स लगायतका सामानहरु भित्रिने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट खुलेयाम हुने तस्करी नियन्त्रण भने भएको प्रायः कम देखिने स्थानीयको भनाई छ ।
अहिलेसम्मको अवस्था हेर्दा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा आउने नयाँ प्रहरी निरीक्षकहरुले सुरु सुरुमा निकै कडाईका साथ नियन्त्रण गर्ने र पछि अवैध सामानमा कुनै रोकावट नहुने गरेको स्थानीय तेजबहादुर खड्काले बताए ।
“अहिले नव आगन्तुक प्रहरी निरीक्षकको कार्यशैलीले पुनर्वासमा हुने अवैध तस्करी र लागुऔंषध नियन्त्रण हुनेमा निकै विश्वस्त छौ । तर केहि महिनामै पुनर्वासीलाई जुनै जोगी आएपनि कानै चिरिएको भन्ने उखान जस्तै नहोस् ।”उनले भने,
Comments are closed.