होलसेल व्यवसायी संघले गरे करेन्ट लागेर थलिएका बसन्तलाई आर्थिक सहयोग

हेल्लो  समाचारदाता
धनगढी, ११ असार ।  होलसेल व्यवसायी संघ धनगढीले करेन्ट लागेर थलिएका बसन्तका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको छ । करेन्ट लागेर गम्भीर घाइते भएका र हालसम्म पनि निको हुन नसकेका राजीपुरका वसन्त बडैलाको उपचारको लागि होलसेल व्यवसायी संघ धनगढीले शुक्रबार नगद ३८ हजार ८ सय १० संकलन गरी हस्तान्तरण गरेको हो।
होलसेल व्यवसायी संघ धनगढीकी सचिव एबं उद्योग वाणिज्य संघकी सदस्यसमेत रहेकी कोपिला कुँवर, व्यवसायी संघकी सदस्यद्वय रेखा बास्तोला र इन्दिरा सिटौलाको विशेष पहलमा उक्त रकम संकलन भएको अभियान्ता पुष्पा बडैलाले जानकारी दिइन् ।
डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका घर भइ हाल कैलालीको गौरीगंगा नगरपालिका-४, राजीपुर बस्दै आएका १५ वर्षीय वसन्त बडैला यही बैशाख २५ गते सोही ठाउँको कालिका माध्यमिक विद्यालयको छतमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । बिगत डेढ महिनादेखि उनी भारतको लकनऊको किंगस् गोर्गेज मेडिकल युनिभर्सिटी अस्पतालको आईसीयूमा भर्ना भएका छन् । उपचारको क्रममा उनले दुबै हात गुमाइ सकेका छन् भने भारतीय रुपैयाँ १० लाखसमेत गुमाइसकेका छन् ।
उपचार गर्दा गर्दै आर्थिक समस्या देखिएपछि एउटा मानवीय धर्म निर्वाह गर्ने अभिप्रायले केहीदिन अगाडि कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी पुष्पा बडैलाले आर्थिक सहयोग अभियानको थालनी गरेकी थिइन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.