चरी र नारी उस्तै लाग्छ (कविता)
चरी र नारी उस्तै लाग्छ,
दुबै मोहक अनि सुन्दर,
दुबैकोको भाषा मीठो मधूर,
धैर्य सहनशीलताको प्रतिमूर्ती दुबै,
दुबै अथाह क्षमताले परिपूर्ण छन्,
दुबैको आ आफ्नो चिनारी,
मयुर झैँ नृत्य गर्छिन् नारी,
घर बनाउन उस्तै सिपालु छन् यी,
अनि परिवार जोडेर राख्न पनि,
चरी र नारी उस्तै त हुन्,
शिकारीको डर छ,
चरीलाई गगनमा त,
नारीलाई धरामा,
स्वतन्त्र त छन्,
परन्तु बाँधिएका छन्,
चरीलाई गगनमा चिलले लखेटेझैँ,
नारीलाई निर्वस्त्र पार्न खेदिन्छ,
चरी फड्फडाउँछ चिलको पञ्जाबाट
मुक्त हुन छुटिन शिकार हुनबाट,
नारी चित्कार गर्छिन् पाउ पर्छिन्,
लुछिनबाट कुकर्मबाट जोगिन,
कुरा जिन्दगी जिउने इच्छाको छ त कतै,
स्त्रीत्वको र अस्तित्व हनन् हुनबाट जोगिन,
संघर्ष पनि उतिकै गर्छन्,
जिउन बचाउन,
आहा !! यदि शिकारीको डर,
गगन औ धरामा नहुने हो भने,
कति खुशी होलान् ती,
कति रम्लान अकल्पनीय छ,
बाँच्न पाउँदा खुलेर उड्न,
सातोदारमा स्वतन्त्र चल्न,
सहज हुँदा के नै,
फरक पर्ला र ?
के यो सम्भव होला ??
प्रश्न अझै निरुत्तर छ,
निखिल आचार्य
सीतापाइला, काठमाडौँ
Comments are closed.