बैशाख ३० गते नेपालमा संघीयपछिको दोस्रो स्थानीय तहको निर्वाचन हुँदै गर्दा विभिन्न दलबाट युवाहरुबाट प्रतिनिधित्व हुनेगरी निर्वाचनमा उम्मेदवारी रहेको छ । निर्वाचनकै सेरोफेरोमा रहि कञ्चनपुरको पुनर्वास नगरपालिका–५ नम्बर वडाबाट गठबन्धन दल –नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्र )का तर्फबाटका वडाध्यक्ष पदका उम्मेदवार युवा नेता धर्मेन्द्र जेठारासँग चुनावी एजेण्डाका विषयमा गरिएको संक्षिप्त कुराकानीको एक अंश ।
१. वडाध्यक्षमा उम्मेदवारी दिनुभाको छ । तपाईको उम्मेदवारी किन र के का लागि हो ?
– सर्वप्रथम त प्रश्नका लागि धन्यवाद ! मेरो उम्मेदवारी के का लागि भन्दा नितान्त वडाको सेवाको लागि हो । जसमा वडाबासीहरु लाभान्वित हुने कुरामा ढुक्क हुनुहोला । मैले आफु वडाध्यक्षमा निर्वाचित भएर आएपछि सर्वप्रथम त सामुदायिक विद्यालयमा खस्किदो शिक्षा प्रणालीमा विकास र परिवर्तन ल्याउछु, वडाबासीलाई सर्वसुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था गर्छु, कषि क्षेत्रमा आधुनिकरणतर्फ बिस्तार गर्छु, युवाहरुमा बढ्दो लागुऔषध दुव्र्यसनी नियन्त्रण तथा रोकथाम गर्छु, खेलककूद क्षेत्रको विकास गर्छु, स्थानीय कला संस्कृतिको जगेर्ना गर्छु, सीपमूलक तालिम ल्याई स्वरोजगार सिर्जना गर्छु, सबै क्षेत्रमा समावेशी तरिकाले अघि बढ्दै एउटा नमूना वडाको अवधारण ल्याउछु ।
२. तपाईले वडाध्यक्षमा उम्मेदवारी त दिनुभयो । तर समाजका लागि विगतमा के गर्नु भयो र जित्ने आधार के छ ?
– विगतमा मैले निस्वार्थ भावनामा थुप्रै सामाजिक सेवा गर्दै आएको छु । त्यसको सामाजिक सञ्जाल लगायत अन्य कहि पनि कुनै प्रचार प्रसार भने गरिने, जहाँसम्म मेरा वडा बासीहरुले सम्झनु भएको छ भन्ने कुरामा म विश्वस्त छु । नढाँटी भन्नुपर्दा वडाबासीको मूल्यांकन नै मेरो जीतको आधार हो ।
३. नगरकै कान्छो उम्मेदवारको रुपमा उभिनुभएको छ । के पत्याउलान त तपाईलाई वडाबासीले ?
– मज्जाको प्रश्नका लागि हजुर प्रति आभारी छु । किनकी यस्तो हरकसैको मनमा लाग्न सक्छ । भनिन्छ नि नपत्याउने खोलाले बगाउँछ भनेर, अहिलेको बदलिँदो परिस्थितिमा देशमा युवा शक्ति नै खोजिरहेको अवस्था छ । त्यसैले युवाको प्रतिनिधित्व गर्दै म पनि एउटा युवा नै आएको भएर पनि वडाबासीले उमेरलाई भन्दा पनि मेरो जोस जागरलाई पत्याउछन् भन्ने कुरामा पूर्ण विश्वास लागेको छ ।
४. अन्तमा के भन्न चाहनुहुन्छ आफ्ना मतदाताहरुलाई ?
– अन्तमा म यही भन्छु की समाजले परिवर्तन खोजेको छ, विकास र समृद्धि खोजेको छ, र नेपालमै केहि गर्छु भन्ने म जस्ता युवा उम्मेदवार खोजेको छ । म पनि त्यही मान्यताका साथ उभिएको छु, तसर्थ सबै मतदाताहरुलाई यस पटक ऐतिहासिक निर्णय गरी नेपालको राजनीतिमा म जस्तो युवाको प्रतिनिधित्व कायम गराउन हुन अनुरोध गर्दछु ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.