नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

काठमाडौं, २० मंसिर । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो ।
दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.