‘एक्स ९’मा अनमोल र पुष्पलाई २० केजी मोटाएर ५ केजी दुब्लाउनुपर्ने
भदौ २१ । निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको चलचित्र ‘एक्स ९’ प्रि–प्रोडक्शनदेखि नै चर्चामा छ । यो चलचित्रमा नायकहरु सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल लगायतकोे अभिनय रहने पक्का भैसकेको छ । चलचित्रको छायांकन फ्रेबुअरी महिनाबाट यूरोेपका विभिन्न देशमा हुनेछ ।
चलचित्रका लागि अहिले मुख्य नायकहरु जिममा व्यस्त छन् । उनीहरु, दैनिक ३ घन्टा जिममा कडा मिहिनेत गरिरहेका छन् । वुझिएअनुसार, यो चलचित्रका लागि नायक अनमोल केसी र पुष्प खड्काले २० केजी तौैल बढाउनुपर्नेछ ।
उनीहरुले यसका लागि कडा मिहिनेत गरिरहेका छन् । नायकहरुले तौल बढाउनका लागि खानेकुरामा पनि विशेष ध्यान दिइरहेका छन् । यो चलचित्रमा अनमोेल र पुष्पको २० केजी तौल बढेपछि एक चरणको छायांकन हुनेछ । शरीरलाई कसिलो बनाउनका लागि उनीहरुले यति धेरै तौल बढाउनु परेको हो ।
एक चरणको छायांकन सकिएपछि अनमोल र पुष्पले फेरि आफ्नोे तौलमा ५ केजी घटाउनुपर्नेछ । नेपालकैै पहिलो ठूलो क्यानभासमा खिच्न लागिएको एक्सन चलचित्र अनमोल र पुष्पका लागि विशेष छ ।
Comments are closed.