बेलौरी प्रहरीद्वारा एक क्विन्टल भारतीय अवैध माछा बरामद

हरिलाल जोशी
पुनर्वास – कंचनपुरको बेलौरी प्रहरीले भारतीय अवैध बैखा जातका माछाहरु बेबारिसे अवस्थामा बरामद गरेको छ ।
शुक्रबार दिउँसो भारतीय बजार खजुरीयाबाट नेपाल ल्याउदै गरेको एक क्विन्टल बैखा जातका अवैध माछा बेलौरी नगरपालिका-६ बाट बरामद गरेको बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल खड्काले बताए ।
प्रहरी निरीक्षक खड्काकाले स्थानीयको गुनासोका आधारमा केहिदिन देखि निरन्तर सिमानाकामा खबरदारी गर्दै आउँदा शुक्रबार भन्सार कार्यालय नजिकैको क्षेत्रबाट बेवारिसे अवस्थामा रहेकोे अवैध माछा बरामद गरेको बताए ।
बरामद माछा स्थानीय जनप्रतिनिधि ,क्यारेण्टाईनका प्रतिनिधि ,समाजसेवीको रहोबरमा प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको पनि जानकारी दिए ।
सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको फितलो गस्तीले कोरोना भाईरसका कारण चैत महिना देखि बन्द रहेका पुनर्वास -बेलौरीका अवैध भारतीय सिमा नाकाहरुमा अवैध तस्करीको चहलपहल देखिएको छ ।
तर चहलपहल भएपनि यसलाई सशस्त्र प्रहरीले नियन्त्रण गर्न नसक्दा पुनर्वास-बेलौरीका बजारहरुमा छ्यापछ्याप्ती भारतीय माछाहरुको बिक्री भइरहेको देखिन्छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.