पत्रकार सुनिल सम्मानित

लीला खाती
पुनर्वास, १७ चैत्र । कञ्चनपुरको पुनर्वास नगरपालिकाका पत्रकार सुनिल कुमार लो एक कार्यक्रमबीच शनिबार सम्मानित भएका छन् ।
नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको अवसरमा लोलाई भाषा, कला र संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण योगदान पु¥याएको भन्दै प्रशंसा पत्र सहित समितिले सम्मान गरेका हुन् ।
दुई दशकदेखि नै बिभिन्न पत्रपत्रिकामा सम्पादनको भुमिका निर्वाह गर्दै आएका हाम्रै साझा पत्रिका तथा अनलाईन पोर्टलका प्रधान सम्पादक लोको पत्रकारिताको शुरुवात भने २०६४ सालतिर तत्कालीन रेडियो खप्तड एफएमबाट भएको थियो । जनतालाई सूचना, समाचारको हकबाट सुसज्जित गराउँनमा आधारित उनको कलम अहिले पनि सुशासन, पार्दर्शिता, जवाफ देहिताका सवालमा अबिराम चलिरहेकै छ ।
सम्मानित भएका पत्रकार लोले नेपाल तामाङ घेदुङ सुदूरपश्चिम प्रदेश समिति प्रति आभार प्रकट गर्दै र पाएको स्नेह, सद्भावले लेखनमा नयाँ संस्करण र नयाँ जाँगर थपिएको उनले जिकिर गरे । पत्रकार लो पुनर्वासका बौद्धिकवृत्तका बहुप्रतिभाशाली एक क्षमतावान शिक्षक पनि हुन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.