क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुको अवस्था बुझ्दै उपप्रमुख बिष्टले गरिन निरीक्षण

हेल्लो समाचारदाता
पुनर्वास , २६ चैत – पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा बिष्टले पुनर्वास नगरपालिकामा रहेका दुईवटा क्वारेन्टाइनको निरिक्षण गर्नुभएको छ ।

बुधबार पुनर्वास नगरपालिका-८ र ६ मा रहेको क्वारेन्टाइनको निरीक्षण गर्दै त्यहा राखिएका व्यक्तिहरुको स्वास्थ्य अवस्था बारे बुझ्दै केही समस्या भए आफुलाई जानकारी गराउन उपप्रमुख बिष्टले अनुरोध गर्नुभएको हो ।

त्यस्तै उहाँले पुनर्वास-८ कंकडमा राखिएको अस्थायी सशस्त्र प्रहरी वेस क्याम्पको पनि निरीक्षण गर्दै गलत कार्यमा संलग्न र लकडाउनको उल्लंघन गर्नेहरुलाई कानुनी कार्वाही गर्न निर्देशन दिनुभएको थियो ।

पुनर्वास-८ कंकड स्थित अस्थायी सशस्त्र प्रहरी क्याम्प

उपप्रमुख बिष्ट दैनिकै आफ्ना नगरबासीहरुका समस्या र गुनासा संकलनमा घरबाट बिहान सबेरै वडा-वडामा पुग्ने गर्नुभएको छ ।

 

Facebook Comments
Down to post ads-480-38

Comments are closed.