“मेरी माया सुदूरपश्चिमकी” पछि चर्चामा चुलिएकी समाजसेबी बिष्टको “रुप्मति” बजारमा आउँदै
रञ्जित लामा
धनगढी, ११ असोज ।
बहुआयामिक प्रतिभाका धनी सुदूरपश्चिमका समाजसेबी तथा शिक्षक शान्ति बिष्ट अभिनित “मेरी माया सुदूरपश्चिमकी” युटुवमा सार्वजनिक भएसँगै उनी एकाएक चर्चामा चुलिएकी छन् ।
“मेरी माया सुदूरपश्चिमकी” बाट चर्चामा चुलिएसँगै उनी फेरि हौसिदै “रुप्मति” इसाराले बोला–२ नामक देउडा म्यूजिक भिडियोको अन्तिम तयारीमा जुटेकी छन् ।
भिडियोमा सुदूरपश्चिमको भाषा कला र संस्कृतिलाई अक्षुण राख्दै एक प्रेमिल घटनालाई जीवन्त चित्रण गरेर समाजसेबी बिष्टले आफ्ना दर्शक तथा शुभचिन्तक माझ निकट भविष्यमै “रुप्मति” नामक देउडा गीत ल्याउन खोजेकी हुन् ।
यही आउँदो असोज १३ गते आईतबार ४ बजे डीआर चौतारी युटुब च्यानलमार्फत सार्वजनिक हुने १३ मिनेट ३६ सेकेण्डको सो भिडियोमा राज कुमार, झरना बोहरा र समाजसेबी तथा निर्मात्री बिष्टको समेत अभिनय रहेको छ । अमृत उपाध्या स्टुडियोले छयांकन गरेको भिडियोको निर्देशन भीम थापाले गरेका हुन् । भने सुनिल नेपाली र पूर्णकला बि.सी.को स्वरमा सजिएको उक्त गीतको लय÷शब्द धर्मराज भट्टराइ र एरेन्जर बिनोद बाजुरालीको रहेको छ । खप्तड फिल्मस्को ब्यानरमा निर्माण भएको उक्त भिडियोमा युवायुवतीबीचको प्रेमिल दृश्यलाई निक्कै कलात्मक ढंगले प्रस्तुत गरिएको निर्माण पक्षको दाबी छ ।
गीत सुदूरपश्चिमेली भाषामा निर्माण भएपनि गायन शैलीमा सरसता र सरलता दुबै भेटिने हुनाले सबैको जनजीब्रोमा सजिलै बस्न सक्ने समाजसेबी बिष्टले बताईन् । “झट्ट सुन्दा गीत हलुका लागेपनि भाव गहकिलो छ ।” उनले भनिन् –“वास्तविकताको धरातलमा रहेर निर्माण गरिएको यो गीतबाट दर्शकहरुले मनग्गे मनोरञ्जन लिन सक्छन् ।”
कञ्चनपुरको पुनर्वासमा जन्मिएकी शिक्षक बिष्ट यतिखेर समाजसेवा र सांगीतिक क्षेत्रमासमेत चुलिदै गएकी छन् । पेशागत जिम्मेवारी भएपनि अतिरिक्त समय समाजसेवा र सांगीतिक यात्रामा खर्चिने उनले जिकिर गरिन् ।
Comments are closed.