दिनेश फाउण्डेशनद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

८१ पिण्ट रगत संकलन

मीरा वि.क.
धनगढी, २४ साउन ।
कैलालीको धनगढीमा १२ औं बृहत रक्तदान कार्यक्रम एक समारोह बीच सम्पन्न भएको छ ।
दिनेश फाउण्डेशनको आयोजनामा धनगढी उपमहानगरपालिका–४ स्थित दिनेश मेटलको प्राङ्गणमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
दिनेश फाउण्डेशनका अध्यक्ष श्याम हमालको सभाध्यक्ष एबं समाजसेवी सिद्धराज पनेरुको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ८१ जना रक्तदाताहरुद्वारा ८१ पिण्ट रगत संकलन भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै समाजसेवी पनेरुले रक्तदान जीवनदान भएको बताए । “यहाँहरुलाई म अवगत गराउँन चाहन्छु, यहाँहरुले दिएको एक पिण्ट रगतबाट हामी कसैको जीवन बचाउँन सक्छौं ।” उनले भने “रगत तीन महिनामा त्यसै पनि खेर जान्छ, यसलाई स्टोर गरेर राख्न सकिदैन, जरुरत पर्दा मैले पनि ब्लडबैंकमा गएर रगत दिने गरेको छु ।”
यस फाउण्डेशनले प्रत्येक वर्ष एक सय पिण्ट भन्दा बढि रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई बुझाउँदै आएको फाउण्डेशनका सदस्य तेज बमले जानकारी दिए ।
दिनेश फोरह्विलका प्रमुख दीपेन्द्र ओझाको स्वागत मन्तव्यबाट शुरु भएको उक्त १२ औं बृहत रक्तदान कार्यक्रममा सम्पूर्ण रक्तदाताहरु प्रशंसा पत्रसहित सम्मानित भएका थिए ।
फाउण्डेशनले खेलकूद, शिक्षा र बिभिन्न सामाजिक कार्य शिबपुरी धाम स्थित ‘कपडा बैंकदेखि घरदेखि घाटसम्म’को महाप्रस्थानमा समेत आफ्नो सकृयता देखाउँदै आएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.