जसले सडकमा भेटिएको २१ हजार नगदसहितको झोला बुझाए प्रहरीलाई

नवीन पार्की
कञ्चनपुर, २५ वैशाख
कञ्चनपुरको लालझाडी गाउँपालिका-६, चान्देवका सागर चौधरीले सडकमा भेटिएको नगदसहित सामान प्रहरीलाई बुझाएका छन् ।
जिल्लाको कलुवापुर-बेलौरी सडक खण्ड अन्तर्गत लालझाडी गाउँपालिका-६, चान्देव नजिक सडकमा रातो रंगको लेडिज झाला फेला पारेका थिए ।
उनले भेटिएको झोला ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मा लगाएका थिए । चौधरीले भेटाएको झोलामा नगद २१ हजार, नार्बो मोबाइल र आवश्यक कागजपत्र रहेको प्रहरीले जनाएको छ ।
झोला धनी शुक्लाफाँटा नगरपालिका-१०, झलारीकी चन्द्रा भण्डारीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झोला धनीलाई सम्पर्कमा ल्याई झोलासहित नगद, मोबाइल र कागजपत्र बुझाईएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.