दोंदा नदीमा डुबेर बेलौरीका दुई किशोरको मृत्यु, दुई घाइते
नवीन पार्की
बेलौरी, २३ बैशाख ।
दोंदा नदीमा डुबेर बेलौरीका दुई किशोरको मृत्यु भएको छ ।
बेलौरी नगरपालिका–५ भकुण्डा नजिकै दोंदा नदीमा हिजो पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बेलौरी नगरपालिका–४ का अञ्दाजी १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको र सोही स्थानका समीर सुवेदी र शिशिर बिष्ट घाइते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
घाइते सुवेदी र बिष्टको स्थानीय अस्पतालमा उपचार र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाबारे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलौरी र कञ्चनपुर प्रहरी टोली घटना स्थलमा पुगेका थिए ।
Comments are closed.