कञ्चनपुरका मकर योञ्जन “द भ्वाइस अफ नेपाल सिजन ५” मा तहल्का मचाउँदै
हेल्लो समाचारदाता
कञ्चनपुर, १३ मंसीर । सुदूरपश्चिम कञ्चनपुरका मकर योञ्जनले “द भ्वाइस अफ नेपाल सिजन ५” मा तहल्का मचाई रहेका छन् । गत हप्ता हिमालयन एचडी टेलिभिजनमा प्रसारित “द भ्वाइस अफ नेपाल सिजन ५” कार्यक्रमको ब्याटल राउन्डमा गायक मकर योञ्जनले सुनिता सङ्याक लिम्बुसँग गाएको ’फूल झरेपनि काँडा झर्दैन’ बोलको गीतले कार्यक्रममा उपस्थित सबैको ध्यान तान्न सफल भएको थियो ।
हिमालयन एचडी टी.भी.मा प्रशारण भईरहेकोको भ्वाइस अफ नेपाल सिजन फाईभ मा गीत गाएर चारै जना जजहरुको मन जित्दै कुर्सी घुमाउन बाध्य बनाएका गायक योञ्जन आशलाग्दा गायक बन्न सफल भएका छ्न । जजका कुर्सीमा बसेका राजेश पायल राई, उदय सोताङ्ग, मिलन नेवार, प्रमोद खरेलले आफू बसेको कुर्सी घुमाएर गायक योञ्जनको गायन क्षमताको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
पुनर्वास नगरपालिका–२, दशरथबस्तीका स्थायी बासिन्दा गायक योञ्जन काठमाडौमा संघर्षरत छन् । पुनर्वास नगरपालिका–३ स्थित जनकल्याण मा.वि.बाट अध्ययन गरेका योञ्जनले भारतको सुरत शहरबाट संगीतमा स्नातक गरेका छन् ।
भारतमा लामो समय संगीत साधना गरेपछि आफ्नै देशमा केही गर्ने योजना बनाएर फर्केका गायक योञ्जन हाल काठमाण्डौमा बसी गायन कर्मलाई निरन्तरता दिइरहेका छन् ।
आमाबाबुको मृत्यु, कमजोर आर्थिक अवस्था जस्ता कठोर परीक्षालाई छिचोल्दै गायन यात्रालाई अगाडि बढाएका गायक योञ्जन संगीतलाई नै आफ्नो सम्पूर्ण कुरा मान्छ्न । बेला–बेलामा आफ्नो गाउँ पुनर्वास आएर आफ्ना बालसखाहरुलाई भेट्न रुचाउँने गायक योञ्जनले सम्पूर्ण सुदूरपश्चिमबासीबाट सपोर्ट पाउने आशामा छन् ।
Comments are closed.