पुनर्वासमा विद्यालय र नगरपालिकाबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता सम्पन्न

लालबहादुर एसके
पुनर्वास, १४ माघ । पुनर्वास नगरपालिका अन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारी र पुनर्वास नगरपालिकाका कर्मचारी बीच मैत्रीपूर्ण फूटबल प्रतियोगितामा सम्पन्न भएको छ ।
शुक्रबार भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी भएको छ । पुनर्वास ३ स्थित राम युवा क्लब रामबस्तीको खेलमैदानमा सो खेलको आयोजना गरिएको थियोे । प्रतियोगितामा कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तर्गतका शिक्षक तथा विद्यालय कर्मचारी र पुनर्वास नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियोे ।
प्रतियोगिताको पहिलो हाफमा कुनै पनि टिमबाट गोल हुन नसके पनि दोस्रो हाफमा दुबै समूहले २–२ गोल भए पछि खेल ट्राइबेकरमा गएको थियो ट्राइबेकरमा नगरपालिकाको २ गोल तथा शिक्षक कर्मचारीको १ गोल मात्र भएको थियो । खेल निकै रोमाञ्चक भएको थियो ।
Comments are closed.