अत्तरियाको गुराँस एकेडेमीमा सरस्वती पुजा कार्यक्रम सम्पन्
अत्तरिया, १२ माघ / कैलालीको अत्तरियामा रहेको गुराँस एकेडेमीले सरस्वती पुजा कार्यक्रम २०७९ भब्यताका साथ मनाएको छ ।
गुराँस एकेडेमीको सरस्वती पुजा कार्यक्रमका प्रमुख अतिथी गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवम नगर प्रवक्ता गोपाल दत्त भट्ट रहेका थिए ।
यस्तै बिशिस्ट अतिथि विद्यालयका शिक्षक, अभिभावक संघका कार्यबाहक अध्यक्ष रण बहादुर खड्का रहेका थिए । यस्तै अतिथिहरुमा गोदावरी पोलिक्लिनिकका डाक्टर संजय चौधरी, अभिभावक भरत बिक्रम शाह र गोदावरी पोलिक्लिनिकका संचालक नरेश नेपाली लगायत बिद्याथीहरुको उपस्थीती रहेको विपद्यालयले जनाएको छ ।
गुराँस एकेडेमी विद्यालयका अध्यक्ष तथा कार्यकारी निर्देशक डम्बर सिंह कडायतको सभापतित्वमा भएको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त साँस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले आ आफ्नो नाचगानसँगै मनोरञ्जन पस्केका थिए ।
सरस्वती पुजाको अवसरमा झण्डै ६० जना नयाँ विद्यार्थिहरुलाई अक्षराम्भ र भर्ना गरिएको कार्यकारी निर्देशक डम्बर सिंह कडायतले बताए । निर्देशक कडायतका अनुसार कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अबिभावक लगायत बिभिन्न ब्यक्तीत्व गरी झण्डै २ हजार भन्दा बढीको उपस्थिति रहेको जानकारी दिए ।
प्रिन्सिपल रमा बोहरा कडायतले विद्यालयले अझै आगामी शैक्षिकसत्र देखि नविनतम सोच र योजना सहित यस क्षेत्रकै अब्बल रुपमा अघि बढ्ने कुरामा जोड दिएकी छिन् ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी नगरपालीकाका प्रबक्ता गोपाल दत्त भट्टले गुराँस एकेडेमीले समाजमा पुर्याएको योगदान र गुणस्तरीय शिक्षाको बारेमा प्रशंसा गरेका थिए । त्यस्तै बिशिस्ट अतिथि खडकाले शैक्षिकसत्र २०७८ को एसईईमा सुदुरपश्चिम प्रदेशमै सर्बोत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयले ईतिहास निर्माण गरेको बताए ।
Comments are closed.