कञ्चनपुरका मोडल सञ्जीत वाईबा लामाद्वारा अभिनित “ए सानु चौतारीमा वर” युटुबमा रिलिज

कञ्चनपुर / कञ्चनपुर पुनर्वासका मोडल सञ्जीत वाईबा लामाद्वारा अभिनित “ए सानु चौतारीमा बर” युटुबमा रिलिज भएको छ । युटुबमा रिलिज भएको एक हप्ता नपुग्दै हज्जारौं दर्शक श्रोताले गित र गितको म्युजिक भिडियोलाई रुचाएका छ्न । मोडल सञ्जीत वाईबाको अभिनय प्रशंसायोग्य रहेको छ। पुनर्वास १, अंशुबर्मा बस्तीमा जन्मेर हुर्केका सञ्जीत हाल काठमाडौमा बस्दै आएका छ्न ।
भिडियोमा सन्जीतलाई लक्ष्मी कोयी राईले साथ दिएकी छिन ।
डाक्टर अतुको शब्द र मोहन राईको संगीतमा रहेको गितलाई सुनिता थेगिम र परेश राईले स्वर दिएका छ्न । पूर्वेली भाकामा रहेको सो गीतको भिडियोलाई निर्देशन र सम्पादन बिनोद याख्खाले गरेका हुन । “मोहन राई अफिसियल” नामक युटुब च्यानलमा गएर सो म्युजिक भिडियो हेर्न सकिन्छ ।
हेर्नुस् भिडियो

Facebook Comments
Down to post ads-480-38

Comments are closed.