पुनर्वासमा ८२ वर्षीय वृद्धा गएरातीदेखि बेपत्ता

पुनर्वास– सोमबार मध्यराती ८२ वर्षीय वृद्धा बेपत्ता भएकी छन् ।
कंचनपुरको पुनर्वास नगरपालिका–६, ङ गाउँ घर भएकी वृद्धा धनादेवी कुँवर घरमा सुतेकै अवस्थाबाट सोमबार मध्यराती बेपत्ता भएको उनका छोरा राजेन्द्र कुँवरले जानकारी दिए ।
“आमाको मानसिक सन्तुलन अलि ठीक थिएन, राती साढे १० बजेदेखि ३ बजेको बीचमा बेपत्ता हुनुभयो,” छोरा राजेन्द्रले भने, “बेपत्ता भएको थाहा पाएपछि रातीदेखि नै सबैतिर खोजी गरिरहेका छौ, तर कहि भेटाएनौं ।
उनले बेपत्ता आमाको खोजी गरिदिन इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी.मा समेत निवेदन दिएको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.