बजाज माईलेज कन्टेस्ट धनगढीमा सम्पन्न

लीला खाती
धनगढी, २८ भदौ । बजाज माईलेज कन्टेस्ट सोमबार प्रदेश प्रहरीको खेल मैदानमा सम्पन्न भएको छ ।
दिनेश अटोमोटिभ्स धनगढीले आयोजना गरेको सो कन्टेस्टमा तीन जना विजेताहरु घोषणा भएका छन् ।
ठूलो संख्यामा प्रतिस्पर्धीहरुको सहभागिता रहेको सो कन्टेस्टमा प्रथम हुनेमा आकाश पौडेल, द्वीतीय हुनेमा शुनील चौधरी र तृतीय हुनेमा बिमल चौधरी रहेका छन् ।
प्लाटिना मोटरसाईकलवाट पौडेलले ९४ कि.मि., शुनिलले ९२ कि.मि. र विमलले ९१ कि.मि.प्रति लिटरको माईलेज निकाली प्रथम, द्वीतीय र तृतीय भएका हुन् ।
बिजेताहरुलाई दिनेश ग्रुपका अध्यक्ष श्याम हमालले पुरस्कार वितरण गर्दै प्रोत्साहन समेत गरेका थिए । कार्यक्रममा दिनेश ग्रुपका कार्यकारी अध्यक्ष हमाल र कम्पनीका कपिलदेव वोगटीद्वारा प्रतियोगिता वारे प्रकाश पारिएका थिए ।
बर्तमान अबस्थामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि र माईलेजवाला मोटरसाईकल ग्राहकहरुको प्रथम रोजाइ रहने दिनेश अटोमोटिभ्स धनगढीका प्रबन्धक तेजबहादुर बमले जानकारी दिए ।
Comments are closed.