पुनर्वासका नेता विश्वकर्मा केन्द्रीय सदस्यमा मनोनित

हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वासबाट राजनीतिक धरातल बनाएका नेता बीरबल विश्वकर्मा लेखा परीक्षण आयोगको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
शुक्रबार बसेको बैठकबाट नेता विश्वकर्मा नेकपा माओवादी केन्द्र पार्टीको लेखा परीक्षण आयोगको केन्द्रीय सदस्यमा मनोनित भएका हुन् ।
करिब ४ दशकदेखि नेकपा एमालेबाट राजनीति गर्दै आएका विश्वकर्मा केहि दिन अघि मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट टीका ग्रहण गर्दै पार्टी प्रवेश गरेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.