पुनर्वासको पसलमा आगलागी हुँदा २० लाखको क्षति

हरिलाल जोशी
पुनर्वास १७ असार ।
कंचनपुरको पुनर्वास नगरपालिका-६ प्रतिभानगरको एक पसलमा आगलागी हुँदा २० लाख बराबर क्षति भएको छ ।
बुधबार राती करिब ९ बजेतिर न्यु बी आर ट्रेडर्स एण्ड सप्लायर्स र पुनर्वास सर्जिकल हाउसमा विद्युत सर्ट भई आगलागी हुँदा करिब २० लाख बराबरको क्षति भएको हो ।
आगलागीबाट २० लाख बराबरको दैनिक उपभोग्य र मेडिकल सर्जिकल सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको सञ्चालक जनकसिंह धामीले जानकारी दिए।
विद्युत झ्याप-झ्याप आउने जाने भएकै बेला पसलमा आगलागी भएको सञ्चालक धामीले जिकिर गरे ।
Comments are closed.