खोलामा डुबेर एक बालकको मृत्यु

लीला  खाती 
धनगढी, १७ असार ।
कैलालीको गौकन्द्री खोलामा डुबेर एघार वर्षीय एक बालकको मृत्यु भएको छ ।
धनगढी उप–महानगरपालिका–१९ जे गाउँका निखिल बि.क.को साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
कैलारी गाउँपालिका–६ आफ्नो मामाघर गएको अवस्थामा बुधबार निखिल पौडी खेल्ने क्रममा बेपत्ता भएको थियो । बेपत्ता भएको निखिलको शब गौकन्द्री खोलाको किनारमै शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शबलाई पोस्टर्माटमको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.