पुनर्वासमा मोटरसाईकलको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

हरिलाल  जोशी 
 पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मंगलबार बिहान साँढे आठ बजेतिर पुनर्वास–६ प्रतिभानगर बजारबाट भारततर्फ जाँदै गरेको यु.पी.३१ के. ८१३० नम्बरको भारतीय मोटरसाईकलको ठक्करबाट स्थानीय दुई वर्षीय बालकको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार मोटरसाईकलको ठक्करबाट घाईते भएका मनिष राना मगरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
ठक्कर दिने भारतीय मोटरसाईकल सोहि वडाका १७ वर्षिय मनिष सुनुवारले चलाएका थिए भने पछाडी सवार सोही उमेर समूहका लक्ष्मण सुनुवार रहेको र मोटरसाईकल सहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मल्लले बताए ।
मृतक बालक पुनर्वास–६ निवासी केशब राना मगरको कान्छो छोरा हुन् ।
त्यस्तै आईतबार मात्रै सोहि क्षेत्रमा मोटरसाईकलकै ठक्करबाट एक वृद्ध घाईते भएका थिए । घाईते वृद्धको धनगढी स्थित अस्पतालमा उपचार भईरहे पनि अवस्था चिन्ताजनक रहेको प्रहरीबाट बुझिएको छ ।
पुनर्वासमा दैनिकै सवारी दुर्घटना बढ्दै जानु ओभर स्पिड र नगर भित्र प्रहरीको नियमित सवारी चेकजाँच नहुनु दुर्घटनाको मुख्य कारण रहेको स्थानियहरुको भनाई छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.