पुनर्वास उद्योग वाणिज्य संघद्वारा जनप्रतिनिधि र प्रहरी निरीक्षकलाई स्वागत तथा सम्मान
हरिलाल जोशी
पुनर्वास– मंगलबार उद्योग वाणिज्य संघ पुनर्वासले नवनिर्वाचित जनप्रतिनिधि र नवआगन्तुक प्रहरी निरीक्षकलाई स्वागत तथा सम्मान गरेको छ ।
संघकै सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष कृष्णबहादुर तामाङ र निवर्तमान अध्यक्ष बीरबल बिश्वकर्माले अबिर खादा सहित मेयर, उपमेयर, वडाध्यक्ष, सदस्य र त्रिभुवनबस्तीका नवआगन्तुक प्रहरी निरीक्षक नरेशराज मल्ललाई स्वागत तथा सम्मान गरेको हो ।
स्थानीय जनप्रतिनिधि आईसकेपछि उद्योग वाणिाज्य संघको औचित्य घट्दै गईरहेकाले आगामी दिनमा यस संस्थालाई पनि जोगाएर लैजान जनप्रतिनिधिलाई संघका अध्यक्ष कृष्णबहादुर तामाङले अनुरोध गरेका छन् ।
त्यस्तै नगरप्रमुख तोयप्रसाद शर्माले उद्योग वाणिज्य संघले व्यापारीका हकहीतमा मात्रै नभई मुद्धा मामिलामा समेत अग्रस्थानमा रहेर काम गर्दै आएको कुरा आफुलाई अवगत रहेको बताए ।
उनले नयाँ योजना निर्माण भइराखेकाले दुई चार दिनमै संघबाट समस्याको विषयमा निर्णय गरी नगरपालिकामा पठाउन अनुरोध गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष कृष्णबहादुर तामाङको सभाध्यक्षता तथा नगरप्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्य रहेको कार्यक्रमको बिशिष्ट अतिथिमा उपप्रमुख भुलिया राना, उद्योग वाणिाज्य संघ निवर्तमान अध्यक्ष बीरबल बिश्वकर्मा रहेका थिए । भने अतिथिमा वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, लगायतका व्यक्तिहरु उपस्थित थिए ।
संघका सदस्य राजकुमार रायमाझीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बरिष्ठ उपाध्यक्ष लक्ष्मण थापाले गरेका थिए ।
ध्चष्तभ तय ीभभभिभ प्जबतष्
Comments are closed.