पुनर्वासमा विद्युत मिटरमा बदमासी गरेको भन्दै कार्यकक्षमै कुटिए फ्युज प्रमुख जोशी
पुनर्वास – महिनौंदेखि मिटरको रकम लिई विद्युत मिटर उपलब्ध नगराई बदमासी गरेको भन्दै पुनर्वास फ्युज केन्द्रका प्रमुख चित्रप्रसाद जोशी कार्यकक्षमै कुटिएका छन् ।
आईतबार फ्युज प्रमुख जोशीले पुनर्वास-५ का दलबहादुर बोगटीलाई पुनर्वास-११ का नरबहादुर साउदको नाममा निकासा भएको विद्युत मिटर दिन खोजेपछि उनी कार्यालयमै कुटिएका हुन् ।
फ्युज प्रमुख जोशी ४/५ महिनादेखि न फोन उठाउने, न कार्यालयमा भेट हुने भएपछि आईतबार बिहानैदेखि भेट गर्न कार्यालय अगाडी पर्खाईमा बसेको सेवाग्राही ईन्द्र बोगटीले बताए ।
उनले नियम भन्दा बढि रकम लिई आफु जस्ता ९/१० जनालाई महिनौ देखि दु:ख दिदै आएको गुनासो गरे ।
त्यस्तै अर्का सेवाग्राही रमेश रानाले मिटरका लागि निवेदनसँगै ५ हजार रकम दिएको ७/८ महिना बितिसक्दा पनि भोलि, पर्सी भन्दै बारम्बार हैरानी दिदै आएको बताए । आफुजस्ता धेरै व्यक्तिबाट कम्तीमा ५ हजार सम्म रकम लिई प्रमुख जोशीले परेसानी दिदै आएको उनको भनाई छ ।
पुनर्वास फ्युज प्रमुखको जिम्मेवारी पाएका जोशीले कहिल्यै फोन समेत नउठाउने त कहिले फोन नै स्विच अफ गरेर राख्ने गरेको सेवाग्राहीका गुनासाहरु बढि छन् ।
कुटपिट पछि ईलाका कार्यालय त्रिभुवनबस्तीको परिसरमा विद्युत मिटर उपलब्ध गराउने सहमती पछि विवाद साम्य भएको बुझिएको छ ।
Comments are closed.