पुनर्वासको विद्युत समस्या बोकेर विद्युत कार्यालय पुगे मेयर शर्मा

पुनर्वास –  कंचनपुरको पुनर्वास नगरपालिकाका मेयर तोयप्रसाद शर्माले शनिबार बेलौरी विद्युत वितरण केन्द्रका प्रमुखलाई विद्युत समस्या बारे कार्यालयमा पुगेर अवगत गराएका छन् ।
वर्षौंदेखि पुनर्वासका विभिन्न क्षेत्रमा देखिएका विद्युत समस्या बारे स्थलगत निरीक्षण गरी यथाशीघ्र समाधान गर्न विद्युत वितरण केन्द्र बेलौरीका प्रमुख कपिल जोशीलाई अनुरोध गरेका हुन् ।
मेयर शर्माले पुनर्वास नगरपालिका-१ देखि ११ वडामा रहेको विद्युत भोल्टेज, पोल, लाईन बिस्तार लगायतका समस्या विद्युत प्रमुख जोशीलाई टिपाएका थिए ।
समस्या टिप्ने क्रममा प्रमुख जोशीले सबै क्षेत्रमा समस्याको विषयमा केन्द्रित रहेको तर सीमित बजेटका कारण कतिपय समस्या यसै आर्थिक वर्षमा पूरा नहुने बताए ।
उनले पुनर्वासका हकमा पुनर्वास-९ बीचफाटा स्थित हरियाली टोल र मोतियाफाटामा समस्या बढि देखिएकाले यसै आर्थिक वर्ष भित्र समस्या समाधान गर्ने तयारीमा रहेको जानकारी दिए ।
मेयर शर्मासँगै धनगढी उपमहानगरपालिका-२ का वडाध्यक्ष धर्मराज ओझा, नेपाली काङ्ग्रेसका नेता सुकबहादुर तामाङ, जगत सायर, सन्तोष भट्ट, देवकुवर लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.