बेलौरी प्रहरीप्रमुख भण्डारीको लागुऔषध मिसन : डेढ महिनामा १३ जना पक्राउ
बेलौरी – कञ्चनपुर स्थित ईलाका प्रहरी कार्यालय बेलौरीको प्रमुखको जिम्मेवारी पाएका प्रहरी निरीक्षक दानसिंह भण्डारीको लागु औषध नियन्त्रणमा अग्रणी भूमिका देखिएको छ ।
बेलौरीको प्रहरी प्रमुखको जिम्मेवारी पाएको डेढ महिनामै प्रहरी निरीक्षक भण्डारीले विभिन्न मितिमा ११९.९८ ग्राम ब्राउन सुगर सहित १३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।
नियन्त्रणमा परेका १३ जना मध्ये एक जना भारतीय नागरिक हुन् । पक्राउ पर्नेहरुमा १७ वर्षदेखि २५ वर्ष उमेर समूहका युवाहरु अधिकांश रहेको प्रहरी तथ्यांक छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट एक वर्षे कार्यकाल पूरा गरी बैशाख १ गते ईलाका प्रहरी कार्यालय बेलौरीको जिम्मेवारी सम्हालेका प्रहरी निरीक्षक भण्डारीले सो क्षेत्रमा लागुऔषध नियन्त्रणलाई पहिलो मिसन बनाएको बताए ।
उनले एकवर्षे कार्यकाल अवधीमा लागुऔषध पूरै नियन्त्रण गर्न नसकेपनि बेलौरीबासीले सोचभन्दा बढि नियन्त्रण गरेर देखाउने जानकारी दिए ।
“राम्रो कामका लागि आफ्नो पूरै समर्थन रहन्छ, गलत गतिविधिका विरुद्धमा एक कदम पनि झुकिन्न” उनले भने, “समाजलाई असर पुर्याउने व्यक्तिलाई कानूनी कठघेरामा उभ्याउनुपर्छ, यसमा प्रहरी चुक्नु हुँदैन भन्ने मेरो मान्यता हो ।”
छोटो समयमै कञ्चनपुर भरीमै प्रहरी निरीक्षक भण्डारीले पहिलो रेकर्ड बनाएको छ । यस अघि बैलौरीका प्रमुख प्रहरी निरीक्षक कमलकुमार खड्काले पनि सुदूरपश्चिममै रेकर्ड बनाउदै सफलतापूर्वक आफ्नो कार्यकाल पूरा गरेका थिए ।
पुनर्वास–बेलौरीलाई लागुऔषधको ट्रान्जिट पोईन्टको रुपमा मानिएपनि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीसँग विगत डेढ महिना यता लागुऔषधका मुद्धा शुन्य छन् ।
Comments are closed.