२७ वर्षको सरकारी सेवाबाट अवकास भईन् स्वास्थ्यकर्मी नारायणी ?
पुनर्वास – स्वास्थ्य क्षेत्रको लामो सेवापछि कंचनपुरको पुनर्वास नगरपालिका-५, भानुबस्ती स्थायी घर भएकी नारायणी जोशी सरकारी सेवाबाट अवकास भएकी छन् ।
कुशल स्वास्थ्यकर्मीको भूमिका निर्वाह गरी जनतालाई स्वास्थ्य उपचारको अनुभुती दिलाउदै उनले आफ्नो जीवनकालको २७ वर्ष सरकारी सेवामा बिताउदै बिहीबार सरकारी सेवाबाट अवकास भएकी हुन् ।
नेपाल सरकारको प्रचलित नियमानुसार ६० वर्ष उमेर पुगेर अवकास भएकी स्वास्थ्यकर्मी जोशीको बिहीबार स्वास्थ्य चौकीमा एक भव्य कार्यक्रमको आयोजना गर्दै नव निर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा, उपप्रमुख भुलिया राना, १,२ र ३ वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य कर्मचारी र स्थानीयले बिदाई गरेको थियो ।
स्वास्थ्यकर्मी जोशी सुरुवातदेखि नै कालिका स्वास्थ्य चौकीमा सिनियर अनमीको रुपमा कार्यरत थिईन् । बिदाई कार्यक्रममा उपस्थित स्थानीय र सहकर्मीहरुले उनको सेवा प्रति निकै प्रशंसा गरेका थिए ।
बिदाई हुँदै स्वास्थ्यकर्मी जोशीले सरकारी सेवाबाट अवकास भएपनि जनताको सेवामा आफू सदैब कटिबद्ध भई लाग्ने बताईन् ।
Comments are closed.