सुददूरपश्चिमका पूर्वमन्त्री तामाङले ल्याएका योजनाको पूर्वाधार विकास कार्यालयद्वारा अनुगमन
पुनर्वास – सुदूरपश्चिमका आर्थिक, मामिला तथा योजना पूर्व मन्त्री तारा लामा तामाङले कंचनपुरको पुनर्वास नगरपालिकामा ल्याएका सडक योजनाको अनुगमन गरेको छ ।
सोमबार पूर्वाधार विकास कार्यालय कंचनपुरका प्रमुख ईन्जिनियर दिपक नेगी सहितको प्राविधिक टोलीले पुनर्वास नगरपालिकाका-२, ३ र ७ नम्बरमा पर्ने तीन सडक योजनाको कार्य सुरुवात गराउन निर्माण कम्पनीसँगै अनुगमन गरेको हो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत परासनदेखि च-गाउँ २४ सय मिटर कालोपत्रे सडकको लागत स्टिमेट बढी रहेपनि महरा निर्माण कम्पनी महेन्द्रनगरले २ करोड ८ लाख १४ हजारमा निर्माण कार्यको जिम्मा त्यस्तै पुनर्वास-३, आई.बी.आर.डी. -अंशुवर्माबस्ती हुँदै हुलाकी सडक खण्डसम्मको २३ सय ८७ मिटर सडक कालोपत्रे २ करोड ६ लाख ९४ हजारमा पनि सोही कन्स्ट्रक्सनले निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ ।
त्यसैगरी अरनिकोबस्ती हुँदै बलभद्रबस्तीसम्मको ८.२ किलोमिटर सडक ग्राभेलको काम दाउत निर्माण सेवाले २ करोड ८ लाख २६ हजारमा ठेक्का पाएको छ ।
६ महिना सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बनेका तामाङले प्रदेशबाट ९० करोड बराबरका करिब ४० योजना आफ्नो निर्वाचन क्षेत्रमा ल्याएको पूर्वाधार विकास कार्यालय कंचनपुरबाट बुझिएको छ ।
तीनै सडकको निर्माण कार्य एक वर्ष अवधीमा सम्पन्न गरिसक्नुपर्ने पूर्वाधार विकास कार्यालय कंचनपुरका प्रमुख ईन्जिनियर दिपक नेगीले जानकारी दिए ।
अनुगमनमा पूर्वाधार विकास कार्यालय कंचनपुरका प्रमुख ईन्जिनियर दिपक नेगी, प्राविधिक अधिकृत तथा सूचना अधिकारी हेमराज भट्ट, लेखा अधिकृत भुपेन्द्रसिंह धामी, पुनर्वास नगरपालिकाका प्राविधिक लालमन तामाङ, कन्स्ट्रक्सन सञ्चालक लगायतको सहभागी थियो ।
Comments are closed.