पुनर्वासका नवनिर्वाचित मेयर शर्माको पहिलो निर्णय सुकुम्बासी समस्या समाधान र शव वाहनको व्यवस्था
पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तोयप्रसाद शर्माले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मदनबहादुर धामीबाट शपथ खाएसंगै पदभार सम्हालेका छन् ।
मंगलबार नगरप्रमुख शर्माले पदभार सम्हाल्दै सुकुम्बासी समस्या समाधान र नगरमा शव वाहनको व्यवस्थालाई प्राथमिकता दिदै पहिलो निर्णय गरेका हुन् ।
निर्णयको पहिलो बुँदामा पुनर्वास नगरपालिका भित्र रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यस्थित वसोवासीको समस्या समाधान गर्न बाँकी रहेका सम्पूर्ण काम कारवाही यसै आर्थिक वर्षमा अगाडी बढाई समाधान गर्ने त्यस्तै दोस्रो बुँदामा पुनर्वास नगरपालिकामा हालसम्म एक पनि शव वाहन नभएकाले यथासक्य शव वाहनको व्यवस्था मिलाई सञ्चालन गरिने उल्लेख गरिएको छ ।
नगरप्रमुख शर्माले पदभार ग्रहण पछि सभाहलमा नगरपालिका अन्तर्गतका कर्मचारीहरुले परिचयात्मक तथा शुभकामना कार्यक्रम गरेका थिए ।
Comments are closed.