बेलाैरी नगरपालिकाकाे प्रमुखमा पुनः माओवादीका पाेतीलाल चाैधरी अत्यधिक मतले बिजयी

बेलाैरी । कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा पुनः माओवादी केन्द्रका पोतीलाल चौधरी निर्वाचित हुनु भएको छ ।
उहाँले ८ हजार ७ सय ८७ मत प्राप्त गर्नु भएको बेलौरीका निर्वाचन अधिकृत तारासिंह धामीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका कुमारी कमला बोहराले ६ हजार ८ सय ३, नेपाली काँग्रेसका हरेन्द्रसिंह बिष्टले ६ हजार ३ सय १२, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ७ सय ५४, राष्ट्रिय जनमोर्चाका रङ्गबहादुर चौधरीले २ सय ४ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बुझौना चौधरी थारुले ५८ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, बेलौरी नगरपालिकाको उपप्रमुखमा नेकपा एमालेका जोगराम चौधरी निर्वाचित हुनु भएको छ । उहाँले ७ हजार ५ सय ८३ मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वीहरू नेकपा माओवादी केन्द्रका मञ्जु शाहले ६ हजार ८ सय ३५, नेपाली काँग्रेसका खिना भण्डारीले ६ हजार ६ सय १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालमति वडायक रानाले ७ सय ८५, नेकपा एकीकृत समाजवादीका नन्दकुमार रानाले ७ सय ९, राष्ट्रिय जनमोर्चाका लक्ष्मीदेवी चौधरीले २ सय ६ र जनता समाजवादी पार्टी नेपा पार्वती रानाले ५६ मत प्राप्त गर्नु भएको छ ।
नेकपा माओवादी केन्द्रबाट बेलौरी नगरपालिका वडा नम्बर १, ५, ८ र १० मा पूरै प्यानल तथा वडा नम्बर २ मा ४ जना सदस्यहरू निर्वाचित हुनु भएको छ ।
त्यस्तै, नेकपा एमालेबाट बेलौरी नगरपालिका वडा नम्बर ३ र ४ मा पूरै प्यानल, वडा नम्बर ६ मा वडा अध्यक्ष र ३ जना सदस्य तथा वडा नम्बर २ मा वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । नेपाली काङ्ग्रेसबाट बेलौरी नगरपालिका वडा नम्बर ७ र ९ मा पूरै प्यानल तथा वडा नम्बर ६ मा एक जना सदस्य निर्वाचित हुनु भएको निर्वाचन अधिकृत धामीले बताउनु भयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.