गठबन्धनमा काङ्ग्रेसको आपत्ति, पालिका प्रमुख हेरफेर नभए उम्मेदवार उठाउने तयारी

हरिलाल  जोशी
पुनर्वास  – नेपाली काङ्ग्रेस सहित पाँच दलको गठबन्धन गर्ने केन्द्रले ह्विप जारी गरेपछी कंचनपुरको क्षेत्र नम्बर १ का कार्यकर्ता माझ तरङ्ग मच्चिएको छ ।
गत हप्ता जिल्लामा सर्वदलीय बैठक बसी पालिका बाडफाड गरेपछि कंचनपुरको पुनर्वासमा पनि नेता तथा कार्यकर्ताले १ नम्बर क्षेत्रमा कुनै एक पालिकामा काङ्ग्रेसको प्रमुख हुनुपर्ने भन्दै आपत्ति जनाएको हो ।
आईतबार विरोध कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले ठूलो संघर्षले जोगाएको संगठनलाई गठबन्धनले टुटाउने प्रबल सम्भावना रहेको, कंचनपुर क्षेत्रमा एउटा नगरपालिका नेपाली काङ्ग्रेसलाई दिनुपर्ने, पार्टीले पुनर्वासको राजनीतिक विषयबस्तुलाई नबुझी गठबन्धनमा लाद्न खोजे निर्विकल्पमा उम्मेदवार उठाउने र कुनैपनि हालतमा गठबन्धन हुन नदिने जस्ता तर्क गरेका थिए ।
त्यस्तै नगर सभापती शुकबहादुर तामाङले पुनर्वास नगरपालिकामा नेपाली काङ्ग्रेसलाई विजयी हासिल गराउने कुरामा दृढ विश्वास रहेको बताए ।
“गठबन्धनको निर्णयलाई सहज रुपमा लिनु काङ्ग्रेसकै लागि घातक हुन्छ ।” उनले भने, “पार्टीलाई सक्षम र सबल बनाउने विषयमा उत्तरदायी छु । कार्यकर्ता र मतदाताको मनोभावको पक्षमा उभिन्छु । बरु आफुलाई पार्टीले कार्वाही गर्छ भनेपनि गरोस् । ”
उनले कुनैपनि निर्णयमा मौन बस्नु दोषी या भ्रष्टचारी सावित हुने विपिको सिद्धान्तलाई आत्मसम्मान गर्ने उनको भनाई छ ।
छलफलका क्रममा स्थानीय निर्वाचनमा नगरको प्रमुखमा काङ्ग्रेसको उम्मेदवारलाई ल्याउने निर्णय नगरिए छुट्टै टिम खडा गरी चुनावी अभियानमा लाग्ने पुनर्वास नगर कमिटीका एक नेताले जानकारी दिए ।
नगरका ती नेताले काङ्ग्रेसबाट नगरप्रमुखमा एक जनाको नाम लिई टिम जिल्ला र प्रदेश कार्यसमितिसम्म डेलिगेशन जाने तयारी रहेको बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.