पुनर्वासमा नेकपा एकीकृत समाजवादीको नगरभेला सम्पन्न , अध्यक्षमा चेतराज कापडी

हरिलाल  जोशी
पुनर्वास – कंचनपुरको पुनर्वासमा नेकपा एकीकृत समाजवादीको प्रथम नगरभेला सम्पन्न भएको छ ।
मंगलबार पुनर्वास-६ वडा कार्यालयको प्राङ्गणमा भएको भेलाले ७ सदस्यीय पदाधिकारी चयन गर्दै ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
भेलाबाट नगर कमिटीको अध्यक्षमा चेतराज कापडीलाई चयन गरिएको छ । त्यस्तै उपाध्यक्षमा ईश्वर बुढा, सचिवमा अशोक सार्की, सह-सचिवमा हिमेश थापा, दिनेश बिश्वकर्मा, शान्ति कुँवर र अर्को उपाध्यक्ष पदमा भने अहिले पदपूर्ति गर्न बाकी रहेको समाजवादीका कंचनपुर जिल्ला अध्यक्ष तथा नगरप्रमुख जिवनराज थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष पूर्णा गुरुङको सभाध्यक्ष तथा एसकै सुदूरपश्चिम प्रदेश ईन्चार्ज गरिमा शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको विशिष्ट अतिथिमा पोलिटब्युरो सदस्य रामकुमार ज्ञवाली, सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री तारालामा तामाङ, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र नगरप्रमुख जिवनराज थापा रहनुभएको थियो ।
नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई सञ्चालन नेकपा एकीकृत समाजवादीका कंचनपुर सह-सचिव आरपी सार्कीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.