चैत्र अन्तिम साता बुटवल श्री को दशौँ संस्करण हुने

हेल्लो  समाचारदाता
बुटवल,  १३  फागुन ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा चैत्रको अन्तिम साता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।
रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठको अध्यक्षतामा रुपन्देही जिल्ला खेलकूद विकास समितिमा शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।
बिगतमा नवौं संस्करणको बुटवलश्री प्रतियोगिता लुम्बिनी र गण्डकी प्रदेश स्तरीय गरिएको थियो । यस पटक साबिक प्रदेशहरु सँगै कर्णाली र सुदुरपश्चिम प्रदेश समेत गरि चार प्रदेशका झण्डै सयभन्दा बढी खेलाडीहरुको सहभागिता रहने जिल्ला संघका सचिव राजकुमार श्रेष्ठले बताए । आयोजकले प्रतियोगिताको तयारी सुरु भएको बताएको छ । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ बुटवलका अध्यक्ष सितुप्रसाद श्रेष्ठले स्वच्छ जीवनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले युवाहरु लागू पदार्थको दुर्व्यसनमा फस्ने भएको त्यस्ता युवाहरुलाई यस खेलतर्फ आर्कषित बनाउँदै दुव्र्यशनमुक्त समाजको निर्माणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए। करिव ६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा विजेताले दशौं बुटवल श्री २०७८ को उपाधि सहित नगद १ लाख प्राप्त गर्नेछन् ।
प्रतियोगितामा छ वटा बजन समूहमा हुने बताइएको छ । ५५, ६०, ६५, ७० , ७५ के.जी र ७५ के.जी. भन्दा बढि तौल समूहमा प्रतियोगिता हुनेछ । प्रिजजिङ्ग चरणबाट प्रत्येक तौल समूहबाट ६/६ खेलाडी छनोट गरी फाईनल चरणको लागि खेलाडी चयन गरिने छ । फाईनल चरणमा प्रत्येक समूहबाट पहिलो हुने खेलाडीहरुले टाईटल स्पर्धा बुटवल श्रीको लागि प्रतिस्पर्धा गर्नेछ साथै प्रतियोगिताका लागि प्रायोजक सह प्रायोजकको खोजी भईरहेका आयोजकले बताए ।
चैत्र अन्तिम हफ्ता अगाडि नै रुपन्देही जिल्ला खेलकूद विकास समिति बुटवलमा नाम दर्ता गर्न ईच्छुक खेलाडीलाई आबह्न गरेको छ ।
प्रतियोगितामा म्युजिक राउडमा प्रत्येक खेलाडिले बढिमा १ मिनेट समयसम्मको धुनमा आफ्नो ऐच्छिक आसन देखाउने पाईने नियममा उल्लेख गरिएको छ । प्रत्येक बजन समूहमा प्रथम हुने खेलाडिलाई मेडल, ट्रफी र प्रमाणपत्रबाट सम्मानित गरिने श्रेष्ठले बताए । त्यस्तै अल ओभर विजेतालाई नगद १ लाख सहित मेडल प्रमाणपत्रबाट सम्मानित गरिनेछ ।
०६५ सालमा भएको प्रथम बुटवलश्रीमा विकाश चौधरी, ०६८ सालमा भएको दोस्रो बुटवलश्रीमा शेरबहादुर खाम्चा, ०७० सालमा भएके तेस्रो बुटवलश्रीमा विनोद बज्राचार्य र ०७२ सालमा भएको चौथो बुटवलश्रीमा विजेन्द्रमान श्रेष्ठ विजेता भएका थिए। यसैगरी ०७३ पाचौं बुटवल श्री र ०७४ को छैठौं बुटवल श्री ताराबहादुर थापाले २०७५ सातौ बुटवलश्री चन्द्रमान श्रेष्ठले र २०७५ मा नै आठौं बुटवलश्री विनोद सुनारले जितेका थिए भने २०७६ मा भएको नवौं बुटवलश्री कृष्ण श्रेष्ठले हात पारेका थिए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.