पुनर्वासमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने
हरिलाल जोशी
पुनर्वास – कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख–गाउँ, सीताबस्तीमा वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
कैलालीको जुगेडामा तस्करी रोक्न खोज्दा तस्करबाट सहादत प्राप्त गरेका सहिद गोविन्द बि.क.को सम्झनामा गोबिन्द बि.क. स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गरेको हो ।
कात्र्तिक २७ गतेबाट सञ्चालन हुने उक्त प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार र द्धि द्वितीय पुरस्कार १३ हजार सहित सम्मानपत्र र कप मेडल रहेको आयोजकले जनाएको छ ।
खेल गोविन्द बि.क. स्मृति पार्कमा सञ्चालन हुने र टिम प्रवेश शुल्क तीन हजार तोकिएको संयोजक सूर्य बि.क.ले बताए ।
Comments are closed.