कंचनपुरको लालझाडीमा बेवारिसे अवस्थामा मानव कंकाल फेला

हरिलाल जोशी 
पुनर्वास – कंचनपुरको लालझाडीमा बेवारिसे अवस्थामा मानव कंकाल फेला परेको छ । शनिबार दिउँसो १२ बजेतिर लालझाडी-३, डाडाजाईमा पहिचान नखुलेको अवस्थामा मानव कंकाल फेला परेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमलकुमार खड्काले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार फेला परेको मानव कंकाल केही दिन अघि दोदा नदिमा आएको बाढिले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको बताए ।
“प्रारम्भिक अनुसन्धानका क्रममा महिलाकै शरीर हुनसक्ने घटनास्थल नजिकै भेटिएका केही प्रमाणले देखाए पनि” प्रहरी निरीक्षक खड्काले भने “पुष्टि भने हुन बाकी छ ।”
स्थानीयको खबर पछि ईलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोली घटनास्थलतर्फ पुगेको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.