पुनर्वासका अशोकद्वारा निर्देशित तीज गीत “लक्ष्मी दराज” को भिडियो सार्वजनिक
हरिलाल जोशी
पुनर्वास, २ साउन । कंचनपुरको पुनर्वास नगरपालिका-६ घर भएका अशोक बिश्वकर्माको नृत्य निर्देशनमा निर्माण भएको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक तिलक ओली र टीका सानुको स्वरमा रहेको गीतको म्युजिक भिडियो शनिबार एआर ईन्टरटेनमेन्टको युट्यूब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तिलक ओलीको संगीत, प्रवेश सिंह र गीता ढुंगानाको अभिनय रहेको उक्त भिडियोलाई सम्पादन पदम सुवेदीले गरेका छन् भने प्रकाश खड्काले क्यामेरामा साथ दिएका छन् । त्यस्तै भिडियोलाई ड्रागन पिक्चरको ब्यानरमा निर्माण गरिएको छ ।
भिडियोले दर्शकको मन जित्नेमा निर्देशक अशोक ढुक्क छन् ।
निर्देशक अशोकले एउटा “रोल्प रोग” नामक मुभिलगायत हालसम्म करिब छ सय म्युजिक भिडियोमा नृत्य निर्देशन गरिसकेका छन् ।
निर्देशक अशोकको जन्म घर पुनर्वास भएपनि बिगत दश वर्षदेखि काठमाडौलाई नै कर्मथलो बनाउदै आएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Comments are closed.