फेरि जुर्मुराए पुनर्वासका गायक समशेर दियाली, सार्वजनिक भयो “संसार भरी”
हरिलाल जोशी
पुनर्वास १० असार । वि.स. २०५६ मै उदयमान भएका पुनर्वासका गायक समशेर दियाली फेरि सांगीतिक क्षेत्रमा जुर्मुराएका छन् ।
विश्व महामारीलाई समेटेर गायक दियालीले “संसार भरी” नामक भिडियो युट्युबमार्फत सार्वजनिक गर्दै पुनः सांगीतिक क्षेत्रमा जुर्मुराएका हुन् ।
यतिबेला कोरोना महामारीले विश्वभर आक्रान्त बनाएको छ । महामारीकै कारण धेरै व्यक्तिहरुको रोजगारी गुमेको छ भने व्यवसायीका व्यवसाय पनि चौपट भए । महामारीले लामो समय लकडाउन भएपछि कतिपय व्यक्तिहरु कृषितर्फ उर्जावन तरिकाले अग्रसर देखिए भने कोहि सांगीतिक क्षेत्रमा उदाएमान भए ।
त्यस्तै लकडाउनकै कारण पुनर्वास नगरपालिका–६ का समशेर दियाली पनि सांगीतिक क्षेत्रमा उदाएमान बनेका छन् ।
सांगीतिक क्षेत्रमा निकै रुचि भएका दियाली घरपरिवारको न्यून आर्थिक अवस्थाका कारण आफूले सांगीतिक क्षेत्रलाई अंगाल्न नसकेको बताउछन् ।
यस अघि वि.स. २०५६ मा उनले आफ्नै शब्द र स्वरमा ८ ओटा आधुनिक पप गीत सहितको “चाहना” एल्बम बजारमा ल्याएका थिए । उक्त गीत बजारमा आएपछि आफू निकै चर्चा बटुल्न सफल भएको उनले जिकिरसमेत गरे ।
सांगीतिक क्षेत्रमा रमाउने ठूलो चाहना हुँदाहुँदै पनि पारिवारिक र आर्थिक कारणले आफु बिस्थापित हुनु परेको गायक दियालीको बुझाइ छ ।
उनी सो क्षेत्रबाट बिस्थापित भएर करिब ६ वर्ष वैदेशिक रोजगारीका लागि खाडीमुलुक बसेर फेरि नेपाल फर्किए । त्यसपछि उनले अब वैदेशिक रोजगारीमा नजाने निधो गरी पुनर्वासको आई.बी.आर.डी.मा सानोतिनो होटेल व्यवसाय सञ्चालन गर्दै आएका थिए तर बिडम्बना त्यो व्यवसाय लकडाउनका कारण छाड्न बाध्य भएपछि फेरि सांगीतिक क्षेत्रमा उनी फर्किएका छन् ।
फिल्म निर्देशक जीबी आग्रीको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोमा क्यामेरा ईडिट मीन रावलले गरेका छन् भने डोण अनुप चन्द ठकुरी र शब्द, स्वर र अभिनय गायक दियालीकै रहेको छ ।
कोरोना महामारीले सृजना गरेको परिस्थितिलाई बढो कलात्मक ढंगले प्रस्तुत गरिएको उक्त म्युजिक भिडियो शंकर चौधरीको अफिसियल युट्युब च्यानल सुलभ फिल्मसमार्फत मंगलबार दिउँसो सार्वजनिक गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Comments are closed.