पुनर्वासबाट जंगली मृगको उद्धार

हरिलाल जोशी
पुनर्वास – कंचनपुरको पुनर्वासमा जंगलबाट गाउँमा पसेको मृगको उद्धार गरिएको छ ।
शनिबार साझ करिब ५ बजेतिर आई.बी.आर.डी.को भानु मेमोरियल बोर्डिङ स्कुल पछाडितर्फ देखिएको मृगलाई पुनर्वासका केही युवाहरुले उद्धार गरि प्रहरी र बन बिभागलाई बुझाएको हो ।
जंगली मृगलाई पुनर्वास नगरपालिका-६ का सनिस तामाङ, पुनर्वास-३ का रम्भा तामाङ लगायतका केही युवाहरुले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
नियन्त्रणमा लिएको सो मृग अहिले सब डिभिजन बन कार्यालय कुण्डा, पचकडीयाको नियन्त्रणमा रहेको सहायक बन अधिकृत दिनेश यादवले जानकारी दिए ।
उनले सो मृगको शरीरमा सामान्य चोट लागेकोले आईतबार बिहान उपचार पश्चात् लालझाडी बन क्षेत्रमा छाडिने बताए ।
“जंगलमा लागेको बन डढेलोका कारण बन्यजन्तुहरु जंगल बाहिर आउन थालेका हुन् ।” उनले भने “यसरी आएका बन्यजन्तुहरुलाई सुरक्षित साथ नियन्त्रणमा लिई खबर गर्नुहोला ।”
मृगलाई जनप्रतिनिधि र स्थानीयको रोहोवरमा बनका प्रतिनिधि, अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी. र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको प्रहरी टोलीको जिम्मा लगाईएको थियो ।
स्थानीयहरुले मृग पुनर्वास-६ स्थित हिमचुली सामुदायिक बनबाट गाउँमा प्रवेश गरेको हुनसक्ने अनुमान गरेका छन् ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.