महासंघको निर्वाचनमा विजयी भएका चार पत्रकार सम्मानित

हरिलाल जोशी
पुनर्वास –कंचनपुरको दक्षिणी क्षेत्रबाट समाज रुपान्तरणका लागि कलम चलाउदै आएका प्रेस युनियनमा आवद्ध चार क्रियाशील पत्रकारहरुलाई सम्मान गरेको छ ।
चैत २५ गते सम्पन्न नेपाल पत्रकार महासंघ कंचनपुर र सुदूरपश्चिम प्रदेशको सदस्य पदमा विजयी भएका दक्षिणी क्षेत्रका चार क्रियाशील पत्रकारलाई शनिबार संविधान सभा सदस्य तथा पूर्वमाननीय दिवानसिंह बिष्टले अविर र खादा सहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा नागरिक आवाज साप्ताहिक पत्रिकाका तथा हाम्रा कुरा डटकमका सम्बाददाता दीपेन्द्र बस्नेत, रेडियो सुदूर सञ्चार एफएम तथा ग्यालेक्सी फोर के टिभिका कंचनपुर सम्बाददाता बासुदेव (शितल) भट्ट, माउन्टेन टिभिका सम्बाददाता किशोर तामाङ र कंचनपुर खबर साप्ताहिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक रमेश भट्ट हुन् ।
उनीहरु मध्ये बस्नेत र शितल भट्ट नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको पार्सद सदस्य र तामाङ र अर्का भट्ट जिल्ला सदस्यमा अत्याधिक मतले युनियनको माधव धामीको प्यानलबाट विजयी भएका थिए ।
पुनर्वास नगरपालिकाका नगर सभापति यमप्रसाद पौडेल, काङ्ग्रेस पुनर्वासकै नेता भरत बिष्ट र युवा नेता राम खड्काको पनि उपस्थिति रहेको सम्मान कार्यक्रम पुनर्वासको विराज कटिजमा गरिएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.