महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको वार्षिक साधारणसभा सम्पन्न,अध्यक्षमा कृष्ण तामाङ चयन

पुनर्वास – कंचनपुरको पुनर्वासमा महाकाली ईटा तथा टायल उधोग व्यवसायी संघ कञ्चनपुरको १३ औं वार्षिक साधारणसभा तथा पाँचौ महाधिवेशन सम्पन्न भएको छ ।
शनिबार पुनर्वास न्यु सम्राट रेष्टुरेन्टमा अयोजित संघको भेलाले जनता ईटा उद्योगका सञ्चालक कृष्णबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत रूपमा गठन भएको हो ।
नव गठित समितिको उपाध्यक्षमा त्रिपुरा ईटा उद्योगका जयबहादुर चन्द, महासचिवमा नमूना ईटा उद्योगका वेदप्रसाद अर्याल, सचिवमा जगदम्बा ईटा उद्योगका रमेश बिष्ट, कोषाध्यक्षमा गणेश ईटा उद्योगका दिपेन्द्र ऎर निर्विरोध चयन भएका छन् । सदस्यहरूमा डम्बर भट्ट, जीवन जोशी, महेन्द्रसिंह बुडाल, सुरेश गजुरेल, बिमल बिक र तुलसी अर्याल रहेका छन् । महाकाली ईटा तथा टायल उद्योग व्यवसायी संघका अध्यक्ष बलदेवसिंह बुडालको सभाध्यक्ष तथा ईटा व्यवसायी महासंघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दको प्रमुख आतिथ्य रहेको थियोे । भने बिशिस्ट अतिथिमा सुदूरपश्चिम प्रदेश ईटा व्यवसायी संघ संयोजक बीरबल बिस्वकर्मा, ईटा उद्योग महासंघ महासचिव कृष्णप्रसाद अवाल, कोर्डीनेटर इसीयुका विधा वनमाली रहनुभएको थियो । त्यस्तै अतिथिमा प्रमुख प्रशिक्षक तथा एफ. एन. बी. टिका राजकुमार लाखेेमरू, मिनर्जी संस्था प्रतिनिधि उषा मानन्धर , सेती महाकाली ईटा व्यवसायी संघका अध्यक्ष विनोद शाह, ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्ट, जेष्ठ नागरिक पुनर्वासका उपाध्यक्ष पदमबहादुर थापा लगायतका व्यक्तित्व रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका ईटा व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष शंकरबहादुर चन्दले महाकालीमा सञ्चालनमा रहेका करिब ८० ईटा उद्योगमा एक लाख बढी कामदारले प्रत्यक्ष रोजगार पाएको बताउनुभयो ।
उहाँले बेरोजगारलाई रोजगारी दिने ईटा उद्योगले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएपनि सरकारले उद्योगी व्यवसायीहरूलाई मूल्यांकन गर्नुको साटो अझै उपेक्षा गर्दै आएको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुदै सुदूरपश्चिम ईटा उद्योग व्यवसायी महासंघका संयोजक बीरबल बिश्वकर्माले सरकारलाई चर्को कर तिरेर फिक्स चिम्निको अवधारणालाई अवलम्बन गरी करोडौं लगानिमा उद्योग सञ्चालन गर्न उद्योगीहरूलाई कठिनाइ हुनेगरेको बताउनुभयो ।
अबैधरूपमा सञ्चालित भुसे भट्टाहरू निर्वाद रूपमा सञ्चालनमा आएपनि सरकारले उनीहरुलाई भने प्रतिबन्ध गर्न नसक्नु निन्दनीय कार्य भएको बताउनुभयो ।
कार्यक्रममा बोल्नुहुदै नमूना ईट्टा उद्योगका सञ्चालक बिनोद अर्यालले ईटा उद्योगीहरूले कच्चा पदार्थ खरिद , कामदारलाई दिईने ज्याला लगायत अन्य खर्चको अनुपातमा ईटा बिक्री मूल्यांकन गर्दा घाटाको कारोबार हुँदै आएको बताउनु भयो ।
उहाले संघले मूल्य निर्धारणमा एकरुपता र कञ्चनपुरमै कोईलाको डिपो स्थापना गर्नुपर्ने माग राख्नुभएको थियो ।
कार्यक्रममा दुई जना सञ्चारकर्मी, एक जना स्वास्थ्यकर्मी र ईट्टा उद्योगका सञ्चालकहरुलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
न्यु गणेश ईट्टा उद्योगका सञ्चालक तथा संघका सदस्य दिपबहादुर ऎरको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन कृष्णबहादुर तामाङले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.