बैंकको वार्षिकोत्सव समारोहमा मन्दिरमा सरसफाइ

हरिलाल जोशी
पुनर्वास – २१। औं वार्षिकोत्सब समारोह मनाउदै कुमारी बैंक लिमिटेड शाखा पुनर्वासले मन्दिरमा सरसफाइ कार्यक्रम गरेको छ ।
शनिबार पुनर्वास नगरपालिका-४ स्थित कोटिहोम मन्दिर परिसरमा बैंकका कर्मचारीहरुले सरसफाइ कार्यक्रम गर्दै बैंकको वार्षिकोत्सब कार्यक्रम मनाएको हो ।
पुनर्वास नगरपालिका-३ का वडाध्यक्ष कृष्ण तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सोही वडाका सचिव रामराज जोशी, कालिका बजार ब्यबस्थापन समितिका प्रतिनिधि लक्ष्मण थापा, समाजसेवी ठाकुरप्रसाद बराल, व्यवसायी खेमराज लामिछाने लगायतका व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।
सरसफाइ कार्यक्रमसंगै पुनर्वासका विभिन्न स्थानमा फोहोर व्यवस्थापनका लागि ७ ओटा डस्टबिन समेत राखिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तामाङले पुनर्वासको फोहोर व्यवस्थापनमा बैंकले देखाएको कदमी निकै राम्रो भएको बताउनुभयो ।
उहाँले सोही अनुरुप सबै व्यक्ति सरसफाइतर्फ जिम्मेवार भए बढ्दो वातावरण प्रदुषण पनि रोकिने बताउनुभयो ।
स्वच्छ, सफा र दुर्गन्ध रहित नगर बनाउन हामी सबैको सहकार्य आवश्यक रहने भएका कारण वार्षिकोत्सब समारोहमा बैंकले सरसफाइ कार्यक्रम राखेको बैंकका पुनर्वास शाखा प्रबन्धक गोपाल जोशीले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.