प्रतिभानगर बजार समितिद्वारा अव्यवस्थित अटो पार्किङलाई व्यवस्थित

हरिलाल जोशी
पुनर्वास–सडक कब्जा गरी अनियन्त्रित रुपमा पार्किङ भईरहेका अटो रिक्साहरुको व्यवस्थापनका लागि बजार समिति अग्रसर देखिएको छ ।
सडक छेउमा अव्यवस्थित रुपमा हुने अटो रिक्सा पार्किङले दुर्घटना निम्त्याउने भन्दै पुनर्वास नगरपालिका–६ स्थित प्रतिभानगर बजार व्यवस्थापन समितिले पार्किङ क्षेत्रलाई व्यवस्थित गराएको हो ।
सेती–महाकाली यातायात प्रा.लि.पुनर्वास र अस्थायी ट्राफिक प्रहरी पोष्ट त्रिभुवनबस्तीलाई बोधार्थ पत्र दिँदै प्रतिभानगर बजारको खुल्ला मञ्चको पूर्वपट्टि पुनर्वास दुग्द्य सहकारी अगाडी बजार समितिले सरसफाई गरी अटो रिक्सा व्यवस्थित ढंगले व्यवस्थापन गर्न अटो पार्किङ स्थापना गरेको बजार समितिका अध्यक्ष अमित रोकायाले जानकारी दिनुभयो ।
बजारका सडक क्षेउमा अलपत्र तरिकाले अटो राखिदा दुर्घटनाका साथै बाटोमा हिड्ने अन्य यात्रु तथा सवारीलाई समेत समस्या हुने भएकाले बजार समितिले पार्किङको व्यवस्था गरेको समितिका सदस्य उमेशकुमार बिश्वकर्माले बताउनुभयो ।
पर्किङ स्थलमा शितलता र पार्किङको पर्याप्त स्थान भएको हुँदा यात्रुलाई पनि ढुक्क तरिकाले साधन कुर्न सहज हुने उहाँले बताउनुभयो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.