दि लेप्रोसी मिसन नेपालद्वारा पुनर्वासमा खाद्यान्न वितरण

पुनर्वास– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणले असर परिरहेको अवस्थामा कञ्चनपुरको पुनर्वासमा दि लेप्रोसी मिसन नेपालद्वारा खाद्यान्न वितरण गरेको छ ।
बिहीबार एक अनौपचारिक कार्यक्रमको आयोजना गर्दै पुनर्वास नगरपालिका–६ स्थित अएक बहुउद्धेश्यीय सहकारी संस्थाका एक सय जना सेयर सदस्यलाई खाद्यान्न वितरण गरेको हो ।
सुदूरपश्चिमको बाजुरा, कैलाली र कञ्चनपुरमा कुष्ठ प्रभावित, अपाङ्गता र सिमान्तकृत वर्गका पन्ध्र सय घरधुरीलाई राहत वितरण गर्न थालेको दि लेप्रोसी मिसन नेपालले पुनर्वास नगरपालिकाका १ सय ९५ जना र बेलौरी नगरपालिकाका ८८ जनालाई राहत वितरण गर्ने दि लेप्रोसी मिसन नेपाल कञ्चनपुरकी प्रोग्राम कोर्डिनेटर मञ्जु खरेलले बताउनुभयो ।
वितरण गरिएको खाद्यान्नमा एक जनालाई २५ किलो चामल, २ लिटर तेल, १ किलो आयोडिन नून र २ किलो मसुरोको दाल प्याकेज बनाईएको थियो ।
सन् २०१६ देखि पुनर्वासमा समन्वय गर्दै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको सो संस्थाले विशेषतः कुष्ठ प्रभावित, अपाङ्गता र सिमान्तकृत वर्गका व्यक्तिहरुको हीतमा रहि कार्य गर्दै आएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.