पुनर्वासका सडकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको निरीक्षण

पुनर्वास–कञ्चनपुरको पुनर्वासका सडकहरुको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले निरीक्षण गर्नु भएको छ ।
शनिबार बिहान पुनर्वास नगरपालिका पुग्नु भएका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्माण हुन बाँकी रहेका विभिन्न सडकहरुको निरीक्षण गर्नुभएको हो ।
वडाबासीको सुविद्या र धार्मिक पर्यटन क्षेत्रको विकास गर्ने मनसायले पुनर्वासको कोटेश्वर महादेव मन्दिरदेखि बेलौरीको कालेश्वर महादेव मन्दिर (नकटा बाबा) जोड्ने धार्मिक पर्यटकीय मार्ग निर्माणका लागि पुनर्वास नगरपालिका–१ का वडाध्यक्ष प्रताप चन्दले मुख्यमन्त्री भट्टलाई निरीक्षणका लागि पहल गर्नुभएको थियो ।
सोहि क्रममा मुख्यमन्त्री भट्टले सिमरी–ढक्का र बिचफाँटा–गोकलपुर कृषि सडक खण्डको अवस्था बारे निरीक्षण गर्नुभएको थियो ।
मुख्यमन्त्री भट्टसंगै प्रदेश सभा सदस्य तारालामा तामाङ, प्रदेश सभा सदस्य कुलबिर चौधरी, पुनर्वास-१ का वडाध्यक्ष प्रताप चन्द, पुनर्वास-४ का वडाध्यक्ष प्रेम बस्नेत र नेपाली काङ्ग्रेसका पुनर्वास नगर सभापति यमप्रसाद पौडेल पनि सडक निरीक्षणमा सहभागी हुनुभएको थियो
मुुख्यमन्त्रीको निरीक्षण पश्चात पुनर्वास–१ का वडाध्यक्ष चन्दले प्रदेश सरकारको बजेटमार्फत आफ्नै कार्यकालमा सो सडक खण्ड निर्माण सम्पन्न हुने दाबी गर्नुभएको छ ।
विकास निर्माण कार्यमा निकै चासो राख्ने अध्यक्ष चन्दले सुविधा वापत नगरपालिकाबाट पाएका मोटरसाईकल फिर्ता गरि सोहि बराबरको रकम वडाको विकासे बजेटमा थप गर्न लगाउनु भएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.