अरनीको आधारभूतलाई नगरकै नमूना विद्यालय बनाउँछु : अध्यक्ष दाउत

हरिलाल जोशी
पुनर्वास–पुनर्वास नगरपालिका–२ स्थित अरनीको आधारभूत विद्यालयलाई नगरपालिका अन्तर्गतको एक नमूना विद्यालय बनाउने लक्ष्य रहेको अध्यक्ष दाउत तामाङले बताउनु भएको छ ।
बिहीबार व्यक्तिगततर्फबाट विद्यार्थीहरुलाई निःशुल्क टाई बेल्ट बितरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले सोहि कार्यक्रमका माझबाट अभिभावक र बिद्यार्थी सामु यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा वहाँले बिद्यालयको भौतिक पूर्वाधार भन्दा पहिले शैक्षिक स्तर सुधारका कार्यक्रम गर्न उचित रहेको भन्दै अभिभावकहरुलाई साथ र समर्थनको माग गर्नुभएको थियो ।
माघ महिनाको अन्तिम साता मात्रै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपबाट चुनिएका अध्यक्ष तामाङको कार्यकौशलता प्रति विद्यालय परिवार नै निकै प्रफुल्लित बनेको छ ।
अध्यक्ष भएको सुरुवाती चरणमा विद्यालयमा अध्ययनरत् १ सय ५१ जना विद्यार्थीका लागि जाडोमा स्विटर बितरण गरेका अध्यक्ष तामाङले पुनःबिद्यार्थीहरुका लागि टाई–बेल्ट नि:शुल्क बितरण गरेका हुन् ।
समाजसेवी मनु तामाङको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा वडा सदस्य सुनमाया तामाङ लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यार्थीका लागि टाई–बेल्ट र एक ड्रम सेट प्रमुख अतिथि र कार्यक्रमका सभाध्यक्ष तथा विद्यालयका अध्यक्ष तामाङले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरणकै क्रममा प्रमुख अतिथि तामाङले बिद्यालयको स्त्तरोन्नती र प्रगतिका लागि आफु निरन्तर सहयोग गर्न तत्पर रहने बताउनुभयो ।
विद्यालयकी शिक्षिका बासुमाया तामाङको स्वागत मन्तव्यसङ्गै शुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक भानुभक्त जोशीले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.