पुनर्वास प्रहरीद्वारा घरेलु मदिरा नियन्त्रण गरि नष्ट

पुनर्वास – कंचनपुरको पुनर्वासका विभिन्न स्थानबाट प्रतिबन्ध घरेलु मदिरा नियन्त्रण गरेको छ ।
शनिबार अस्थायी प्रहरी पोष्ट आई.बी.आर.डी. ले पुनर्वास नगरपालिका-३, आई.बी.आर.डी स्थित साप्ताहिक हाट बजार क्षेत्र र माईली बजार क्षेत्रबाट ८० लिटर प्रतिबन्धित घरेलु मदिरा नियन्त्रण गरेको असई विष्णुसिंह धामीले जानकारी दिए ।
नियन्त्रण गरेको घरेलु मदिरा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा पत्रकार र स्थानीयको रहोबरमा नष्ट गरिएको थियो ।
नेपाल सरकारले कच्ची मदिरा प्रतिबन्ध गरेको भएपनि तर पुनर्वासमा भने खुलेयाम छ्यापछ्याप्ती बिक्रीवितरण हुँदै आएको छ ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.