कृषिमा आधुनिकरण बढेसँगै पुनर्वासमा गहुँ काट्ने कम्बाईन भित्र्याईयो

पुनर्वास – कृषि बाली भित्र्याउदा हुने झन्झटबाट मुक्ति गर्न पुनर्वास नगरपालिकामा जोन डियर कम्पनीको कम्बाईन हार्बेस्टर भित्र्याईएको छ ।
शनिबार पुनर्वास नगरपालिका-८ क-गाउँका अर्जुन केसी र क्षेत्रबहादुर भुजेलले संयुक्त लगानी गर्दै कृषकलाई सहजता प्रदान गर्ने हेतुले ४१ लाख लगानीमा कम्बाईन हार्बेस्टर भित्र्याएको हो ।
सो भित्र्याईएको कम्बाईनले धान, गहुँ, तोरी र मकै बालीलाई सहजै रुपमा मिनेट भरमा दाना निकाल्ने कम्पनीका ईन्जिनियर जनक सिंहले जानकारी दिए ।
ईन्जिनियर सिंहले १ सय १ एचपी हर्ष पावर क्षमताको सो कम्बाईनले ३५ मिनेटमा एक बिघा जमिनको बालीबाट दाना निकाल्ने बताए ।
स्टोर भार क्षमता २० क्विन्टल रहेको अमेरिकन टेक्नोलोजीद्वारा निर्मित सो कम्बाईनको मेनुफेक्चरिङ पन्जाबको पटियालामा रहेको र नेपालका लागि अधिकृत बिक्रेता विवेक अटोमोबाईल प्रा.लि. काठमाडौले गर्दै आएको कम्पनीको धनगढी शाखाका प्रबन्धक बिनय झाले बताए ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.