पुनर्वासमा निजि विद्यालयका प्रिन्सिपलहरुको भेला सम्पन्न

पुनर्वास – निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन ) पुनर्वास नगरपालिका स्तरीय प्रिन्सिपल भेला सम्पन्न भएको छ ।
शनिबार पुनर्वास नगरपालिका-६ स्थित वडा भवनको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै नगरपालिका स्तरीय प्रिन्सिपल भेला सम्पन्न भएको हो ।
प्याब्सन नगर समितिका अध्यक्ष बालकृष्ण ढकालको सभाध्यक्ष तथा प्याब्सन कंचनपुरका अध्यक्ष महा शर्मा न्यौपानेको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सुदूरपश्चिम प्याब्सनका सह-सचिव राजेन्द्रप्रसाद अधिकारी र प्याब्सन कंचनपुरका वरिष्ठ उपाध्यक्ष अमरराज भट्टको विशिष्ट आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्याब्सन पुनर्वासका कोषाध्यक्ष कर्णबहादुर खड्काले २ लाख ६ हजार दुई सय पन्ध्र रुपैयाँ आयव्यय सार्वजनिक गर्दै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि र पत्रकारलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।
प्याब्सन पुनर्वासका सदस्य खेमराज श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष ढकालले प्याब्सन नगर कमिटीको विभिन्न गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भने कार्यक्रमको सञ्चालन पुनर्वास प्याब्सनका सचिव पुष्पराज ओझाले गर्नुभएको थियो ।

Facebook Comments
Down to post ads-480-38

Comments are closed.